युगान्डाकी गायिका वियोन्सेसँंग राजनराजले गाए ‘ल्यासे पाउ’ (भिडियो)

काठमाडौं । युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले ‘फुलबुट्टे सारी’ गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।

गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् । मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् । गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *