काठमाडौं- वरिष्ठ चिकित्सक डा। धुव्र प्रसाद सिंहको निधन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा। सिंह एमडिजिपी चिकित्सक हुन् । डा। सिंहको बिहिबार साझ मृत्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा। रमेश गंगलले जानकारी दिए ।
३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका थिए । वीर अस्पतालमा काम गर्दाकै बखत उनी सेवा निवृत्त भएर घरमै बस्दै आएका थिए ।
७१ वर्षीय डा।सिंह लामो समय देखि मल्टिपल माइलोमा९ब्लड क्यान्सर०का विरामी थिए । सप्तरी जन्मथलो भएका डा। पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए । डा। सिंहको अन्त्यष्टीको लागि उनको चाहानामा जन्मस्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ ।