निषेधाज्ञा अवधिको शिक्षण शुल्क सरकारले व्यहोर्नुपर्ने माग

काठमाडौं । माओवादी केन्द्रनिकट पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले निषेधाज्ञा अवधिभरको शिक्षण शुल्क सरकारले व्यहोर्नुपर्ने माग गरेको छ। अनेरास्ववियूले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।

निषेधाज्ञाका कारण पढाइ प्रभावित हुन नदिन अनलाइन परीक्षा,अनलाइन कक्षाको सञ्चालन लगायतबाट पढाइ सुचारु गर्नुपर्ने माग अनेरास्ववियूको छ।

‘विद्यार्थी एवं आम जनतालाई स्वास्थ्य बिमाको व्यवस्था मिलाउन,पर्याप्त खोपको व्यवस्थापन,श्रमिक,मजदुर,किसान र दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने करोडौं हात मुख जोड्ने समस्य हुने श्रमजीवीको लागि राहतको व्यवस्थान गर्न माग गर्दर्छौ,’ अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।