सुर्खेत – कोरोना महामारी नियन्त्रण गर्न सुर्खेतमा मंगलबार राति १२ बजेदेखि २१ गते राति १२ बजे एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।
वैशाख १४ राति १२ बजेदेखि अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न राेक लगाइएकाे छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई सुर्खेत जिल्ला प्रवेशमै रोक लगाइएको छ ।
अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।
सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान ६ बजे देखि ९ बजेसम्म न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।