पूर्वप्रधानमन्त्री डा. भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।

त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुने हुनुहुने छ । शल्यक्रिया भने भोलि वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा हुनेछ।

डा भट्टराईको यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो।

वीर अस्पतालमा चिकित्सकको सुझावअनुसार भट्टराईले ट्युमरको शल्यक्रिया गराउन लागेका उहाँको सचिवालयले जनाएको छ।