गण्डकी प्रदेशका सभामुख को राजीनामा माग

गण्डकी प्रदेश प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी को राजीनामा माग गरिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ

उहाँले कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसउपर कारबाही नगरी संसद स्थगित गर्नु र असंवैधानिक रहेको बताउँदै कानुन विपरित काम गर्ने सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको हो

उहाले भन्नुभएको छ नेपालको कुनै पनि कानुनका धारा उपधारामा सभामुखले कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसको पक्षमा कारवाही नसकी संसद स्थगित गर्न पाउने अधिकार छैन । तर, गण्डकीमा सभामुखले कुनै पार्टीको पक्षमा लागेर असंवैधानिक ढङ्गबाट संसद स्थगित गर्नुभयो । अब उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

त्यस्तै उहाँले भन्नुभया सांसद हराएको भन्ने खबर पाएपछि मैले सबै संयन्त्र लगाएर उहाँको खोजी गर्न लगाइसकेको थिएँ । उहाँ बिरामी भएर अस्पतालको आईसीयुमा रहनु भएको जानकारी पाएपछि मैले सभामुखलाई जानकारी गराउन जाँदै थिएँ । तर, प्रतिपक्षले अविश्वासको प्रस्ताव फेल खानसक्ने भएकाले बैठक स्थगित गराउन भनेपछि उहाँहरूकै कुरा मानेर सभामुखले असंवैधानिक तरिकाले बैठक स्थगित भएको सूचना टाँस्नु भयो ।