सहसचिव डा. बिके सचिवमा बढुवा

काठमाडौं – सरकारले सहसचिव डा.मानबहादुर बिकेलाई सचिवमा बढुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव बिकेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा हुनुभएका सहसचिव बिके युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत हुनुहुन्छ । उहाँ सो मन्त्रालयको पवक्ताको रुपमा कार्यरत  छन् ।

डा. बिके दलित समुदायबाट नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो ब्यक्ति हुन । मन्त्रिपरिषदले सचिवमा बढुवा गरेसँगै बिके आफ्नो समुदायको नयाँ इतिहास रच्न सफल भएका छन् । उनि इमान्दार प्रशासक र बिभिन्न बिषयका बिज्ञका रुपमा परिचित समेत  छन।