नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ ।
चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन संघको अपिल छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव पनि दिएको छ ।
संघको कार्यालयमा भएको विज्ञहरुसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो।