भोलिदेखि सुर्खेतमा एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। यस्तै प्रजिअ रिजालका अनुसार निषेधाज्ञा जिल्लाभर लागू गरिनेछ
सुरक्षा समितिले पनि निषेधाज्ञा घोषणा ‘हामीलाई सिफारिस भई आएको छ, हामीले पनि यही अनुसार निर्णय गर्छौं रिजालले भन्नुभयो।