सुर्खेतमा १ हप्ता लकडाउन गर्न सिफारिस

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कोरोना संक्रमणको दर बृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणको लागि एक हप्ता लकडाउन गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले भोली १४ गते राती १२ बजेदेखि लागु हुने गरी एक हप्ता लकडाउन गर्न जिल्ला सुरक्षा समिति समक्ष सिफारिस गरेको हो ।