आज बेलुकीपख देशका केही स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

शनिबार बेलुकीपख देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रि(मनसुन चलिरहेकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ। यस्तै दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभएको छ

भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू(भागमा आंशिक बदली रहने छ भने
वैशाख १३ गते सोमबार देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *