सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित 

धनगढी-सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोशगालमा गरिएको परीक्षणमा अछामका १ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार थपिएका संक्रमितहरुमा ढकारी गाउँपालिका अछामका १ जना, गोदावरी नगरपालिका–५ कैलालीका १ जना, वडा नम्बर–७ का २ जना र टिकापुर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पताल धनगढीको प्रयोगशालामा २ सय ४३ जनाको स्वाव परिक्षण गरिएको थियो ।healthaawaj.com