संक्रमणदर १९ प्रतिशत पुग्यो, कुन उमेर समूहका धेरै ?

काठमाडौं – कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८।९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२।७२, बिहीबार १२।८६, र शुक्रबार १४।६१ प्रतिशत थियो । । समाचारमा संक्रमण सबैभन्दा धेरै २०–४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।