गृहमन्त्री थापा को सांसद पद रिक्त

गृहमन्त्री रामबहादुर थापा मगर को सांसद पद रिक्त भएको छ।
सङ्घीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दलत्यागसम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको छ ।

नेकपा माओवादी दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।

बादल को सांसद नरहेपछि उहाँकोको गृहमन्त्री पद पनि जानेछ।

बादललाइ संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नुहुनेछ