मास्क प्रयोग नगर्ने ६७जनालाई जनही १०० रुपैयाँ जरिवाना

सल्यान – सल्यान प्रहरीले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न शुरु गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबारमात्रै सल्यानमा मास्क नलगाएर यात्रा गर्ने ६७ जनालाई कारबाही गरिएको छ । जिल्लाको श्रीनगर, थारमारे, लुहाम र कपुरकोट क्षेत्रमा गरेर मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । मास्क नलगाउनेलाई कारबाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उनकाे भनाइ छ ।
जसमा श्रीनगरमा ३४ जना, थारमारेमा १२ जना, लुहाममा १६ जना र कपुरकोटमा ४ जना कारबाहीमा परेका हुन। मास्क नलगाउनेहरुबाट ६ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको छ । अति आबश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन र यदी कसैलाई घर बाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।