काठमाडौंमा ३ सहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं—काठमाडौंमा ३ सहित थप ७० जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको हो । जेठ १४ यता नेपालमा एकदिनमा कोरोना संक्रमितको संख्या १ सय भन्दा कम पाइएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाका सक्रिय केस संख्या ८ हजार २ सय ३९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना जितेर ४ सय ३१ जना डिस्चार्ज भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या ८ हजार ४ सय ४२ जना रहेका छन् ।