सानीभेरी मिडिया हाउस प्रा।लि।द्धारा सञ्चालित प्रदेश एफएम १०५ मेगाहर्ज प्रसारणको आजदेखि प्रसारणको छैठौं वर्षमा प्रवेश गरेको छ ।
२०७२ साल चैत्र ३० गते प्रसारण सुरु गरेको प्रदेश एफएमले यस अवधिमा जनताको सूचनाको हक प्रवद्र्धन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेको रेडियो संचालक समितिले बताएको छ ।
वार्षिकोत्सवको अवसरमा अध्यक्ष गोविन्द रोका ‘सचिन’ र स्टेशन म्यानेजर गणेशकञ्चन भारतीले विज्ञप्ती निकालेर स्थापनाको छोटो समयमै प्रदेश एफएम आम स्रोताको विश्वसनीय सञ्चार माध्यम बन्न सफल भएको बताउनु भएको छ ।
स्वतन्त्र समाचार र सर्वपक्षीय विचार सम्प्रेषण गरेको कारण प्रदेश एफएम छोटो समयमै आम स्रोताका बीच विश्वसनीय बन्न पुगेको विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश एफएमले कणरली प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रमलाई आम जनताको बीचमा पुर्याउने र जनताका पीरमर्का एवं समस्याहरुलाई नीति निर्माणको तहसम्म पुर्याउने महत्वपूणर् पुलको काम गरिरहेको छ ।
‘प्रदेश एफएम, प्रदेशको बोली’ भन्ने नाराका साथ सञ्चालित यस रेडियोले सदाझैं आगामी दिनमा समेत सबैको साझा चौतारी बन्ने प्रतिवद्धता दोहोर्याएको छ ।
प्रदेश सरकारले अघि सारेको ‘समृद्ध कणरली, सुखारी कणरलीवासी’ को लक्षलाई आम जनताको दील दिमागमा घुसाउने र सोको कार्यान्वयको लागि हरतरहले लागि पर्ने प्रतिवद्धता जनाइएको छ ।
जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको सम्मान गर्दै सुशासन र पारदर्शिता कायम गराउने अभियानमा समेत अझ सशक्त भएर काम गर्ने प्रविद्धता संचालक समितिले जनाएको छ ।
साथै छैठौं वर्ष प्रवेशको अवसरमा रेडियोलाई यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्ने आम श्रोता, विज्ञापनदाता र कार्यरत पत्रकार तथा कर्मचारीहरुमा हार्दिक धन्यवादसहित शुभकामना व्यक्त गरिएको छ ।
ताजा खबर