यौन विवादमा पत्नीको हत्या

काठमाडौं – रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयामा कुश्मा बानियाँको हत्या भयो । हत्या आरोपमा प्रहरीले कुश्माका पति ६३ वर्षीय गनपत बानियाँलाई पक्राउ गरेको छ । चैत २६ मा राती यौन विवादमा गनपतले ५५ वर्षीया कुश्माको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘आरोपीले यौन विवादका कारण हत्या गरेको साविती बयान गरेका छन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता ९डिएसपी० सत्यनारायण थापाले भने– ‘विवाद भएपछि घाँटी थिचेर हत्या गरेको आरोपीको दावी छ ।’ करणी प्रयास गर्दा पत्नीले अण्डकोशमा हिर्काएपछि घाँटी थिचेर हत्या गरेको गनपतले बताएका छन् । बिहिबार विहान रुपन्देही प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कुश्माको शव पोष्टमार्टमका लागि पठाइएको छ । शव परीक्षण रिपोर्टपछि हत्याबारे थप विवरण खुल्ने डिएसपी थापाले बताए ।