सुर्खेत – नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी भएका छन्। अध्यक्षमा निर्वाचित देवकोटाले ४२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी विष्णु शर्माले ३२१ मत प्राप्त गरे ।
त्यस्तै, खुल्ला उपाध्यक्षमा चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा विमला खड्का, महासचिवमा खगेन्द्रप्रसाद भट्टराई, सचिवमा दीपक बुढा, समावेशी सचिवमा अशोक राजी र कोषाध्यक्षमा गणेशकञ्चन भारती विजयी भएका छन् ।
त्यस्तै, महिला सदस्यमा चिना विक र सुरिता बस्नेत निर्वाचित भएका छन् । यसैगरी खुल्ला सदस्यमा जीवन शाही, सुवर्ण शाही, दीपकुमार जैसी, नन्दराम जोशी सरोज वली, जितप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह र हरिबहादुर सिंह विजयी भएका छन् ।