बेलायतमा एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन लगाएका १९ जनाको मृत्यु

एजेन्सी – बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको छ।

धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या ९ब्लड क्लटिङ० समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो खोप दिन लागिएको एमएचआरएले जानकारी दिएको छ। अब ३० वर्षभन्दा कम उमेरका मानिसहरूलाई कोरोनाविरुद्ध अन्य कम्पनीले तयार गरेका खोप दिइनेछ।

मार्चको अन्त्यसम्ममा एस्ट्राजेनेकाको खोप दिइएका मानिसहरूमध्ये ७९ जनामा ब्लड क्लटिङ भएको र तीमध्ये १९ जनाको मृत्यु भएको पनि एमएचआरएले जनाएको छ।