दुर्लभ मानिने एक सिंगे गैंडाको गणना आजबाट सुरु गरिँदैछ।
वन मन्त्री प्रेमबहादुर आलेले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरको वनदेवीको पूजा गरी गैंडा गणनाको सुरुवात गर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
देशका अन्य चार वटा निकुञ्जमा पाइने एक सिंगे गैंडा भन्दा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी भएकाले गणनाको नेतृत्व पनि चितवन निकुञ्जले नै गर्नेगर्छ।
६० वटा हात्तीसहितको टोली र ३०० सयभन्दा बढी मानवीय जनशक्ति ले आजबाट गैंडाको गणना सुरु गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो
जसमा चितवनमा मात्रै २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी २२ भागमा विभाजन गगरेर गणना गरिनेभएको छ
यसका लागि निकुञ्जले गणक, माउतेलाई तालिम दिएको थियो भने स्वास्थ्य शिविर नै सञ्चालन गरेर योग्य हात्तीहरु छनोट गरेको थियो।