के सिद्धार्थ र कियारा प्रेममा छन् ?

काठमाडौं – बलिउडका लोकप्रिय अभिनेत्री कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको बीच प्रेमसम्बन्ध रहेको भन्दै विभिन्न भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । तर, सिद्धार्थ र कियारा दुवैले आफ्नो सम्बन्धको बारेमा केही बताएका छैनन् ।

कियाराले एक अन्तरवार्तामा यो वर्षको सुरुवातमा एक रोमान्टिक डेटमा गएको खुलासा गरेपछि भारतीय सञ्चार माध्यममा अड्कल बाजी सुरु भएको हो ।

नयाँ वर्षको सुरुवातमा सिद्धार्थ र कियारा बिदा मनाउन मालद्वीप गएका थिए । सिद्धार्थको परिवारसँग कियारा गएपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कल गरिएको मात्र हुनसक्ने बताइएको छ ।

उनले नयाँ वर्षको सुरुवातमा नै डेटमा गएको बताएपछि सिद्धार्थ नै उनका प्रेमी हुनसक्ने अनुमान गरिएको हो । सिद्धार्थ र कियारा नयाँ फिल्म ुशेरशाहु मा एकसाथ देखिने भएका छन् ।