प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्न लागेको छ।
संसदीय बैठकहरू राखेर झलनाथ खनाल माधवकुमार नेपाल पक्षका एक र एक सांसद आफूतिर तान्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोतको दाबी छ।
झलनाथ माधव पक्षले आज पनि भेला जारी रहेकोले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने उक्त समूहका नेता तथा सांसदहरूले बताउँदै आएका छन्।