सुर्खेतमा १६ हजार बढी जेष्ठ नागरिकले लगाए कोरोना खोप

सुर्खेत —सुर्खेतमा ६५ वर्ष माथिका १६ हजार भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । यहि फागुन २३ देखि सुरु भएको कोभिड विरुद्धको दोस्रो चरणकोे खोप अभियानमा सुर्खेतका १६ हजार ७०५ जना जेष्ठ नागरिकले कोराना विरुद्धको खोप लगाएका हुन ।

 

यस चरणको खोप अभियानमा २४ हजार ९७४ जना जेष्ठ नागरिकलाई खोप लगाउने भनिएको थियो । तर लक्ष्य अनुसार खोप लगाउन नसकेपनि यसलाई सन्तोषजनक मान्न सकिने जिल्ला जनस्वाथ्य सेवा कार्यालयका प्रमुख बरिष्ठ जनस्वाथ्य अधिकृत चेतननिधि वाग्लेले जनाए ।

 

सुर्खेतमा दोस्रो प्राथमिकताको खोप अभियानमा २५६ बढी स्वास्थ्यकर्मी, चार वटा चिकित्सक समेतका टोली, ६ सय बढी स्वयम्सेवक खटाईएको थियो । यसका साथैै जिल्लाका करिब ६० भन्दा बढी खोप केन्द्रबाट खोप लगाइएको जनस्वास्थ्य प्रमुख वाग्लेले जानकारी दिए । खोप अभियान फागुन एक गते सम्म संचालन भएको थियो।