चालु आर्थिक वर्षमा सल्यानबाट चार करोडको बुर्नी अदुवा निकासी भएको छ।
कृषि विकास कार्यालय सल्यानका अनुसार ८२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ।
बेमौसमी अदुवा उत्पादन भएकाले किसानहरुले बुर्नी अदुवाले राम्रो मूल्य पाएको कृषि विकास कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुृभएको छ
उत्पादित अदुवामध्ये पाँच मेट्रिक टन सल्यानमा नै खपत भएको र बाँकी ८२० मेट्रिक टन जिल्लाबाहिर निकासी भएको छ।
जसबाट चार करोड एक लाख रुपैयाँ आम्दानी भएको छ।