सभापति वा उपसभापतिमध्ये एउटा पदमा महिला राख्न माग

नेपाली कांग्रेस को महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एउटा पदमा महिला राख्न माग गरेको छ।

हरेक ठाउँमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहमा महिलालाई नेतृत्वमा राख्न विमागले माग गरेको छ।

बागमती प्रदेशस्तरीय महिला भेलापछि विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’

कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति र संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य राख्न पनि विभागले माग गरेको छ।

महिला हिंसा, बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कानूनको कठघरामा उभ्याउनसमेत विभागको माग छ।