उमेर ढल्के पनि फेरी एक पटक जनयुद्ध लडने इच्छा छ’ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले उमेर ढल्किदै गए पनि फेरि एक पटक जनयुद्ध लड्ने ईच्छा ब्यक्त गर्नु भएको छ ।

‘माओवादी सशस्त्र द्वन्द्वका बेला स्वास्थ्यकर्मीको रुपमा काम गरेका कार्यकर्ताको भेलालाई राजधानीमा सम्बोधन गर्दै दाहालले ६७ वर्षको उमेर भए पनि फेरि एक पटक लड्ने भन्दै क्रान्ति छाड्नेवाला छैन’, भन्नुभयो ।

 

‘कतिपयले उमेर पुगेकाले छोड्नु पर्छ, भन्ने गरेको भन्दै उहाँले भन्नुभयो ‘जनयुद्ध शुरु गर्दा ४३ वर्षको थिएँ, अहिले ६७ वर्षको भएँ । क्रान्ति गर्ने उमेर बाँकी नै छ, त्यसै छाड्नेवाला छैन ।’
नयाँ खोज्दै जाँदा पुराना साथिहरु छुटेको भन्दै दाहालले अब आफू दुई चार वर्ष फेरि जनताको माझमा जाने र काठमाडौंमा कम रहने पनि उल्लेख गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको आफ्नो लडाई चलिहरेको भन्दै उहाँले केपी ओली विरुद्ध जानी बुझीकन, जेल जान र मर्न समेत तयार भएर १९ पृष्ठ लामो आरोपपत्र ल्याएर प्रहार गरेको बताउनुभयो ।

दाहालले गत कात्तिक २८ गते बसेको तत्कालिन नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री ओली विरुद्ध १९ पृष्ठ लामो आरोपपत्र पेश गरेपछि चुुलिएको विवादले अन्ततः पार्टी विभाजन समेत गराईसकेको छ ।