आर्सनल र टोटनह्यामको सहज जित

काठमाडौं – युरोपा लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

आर्सनलका लागि मार्टीन ओडेगार्ड, ग्याब्रियल र मोहोमद एल्नेनीले एक एक गोल गरे । गएराति नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले चेक गणतन्त्रको डाईनामो जाग्रेबलाई २–० ले हरायो । टोटनह्यामको जितमा दुबै गोल ह्यारी केनले गरे।

अर्को इंग्लीश क्लब म्यान्चेस्टर युनाईटेड भने गएराति इटालीको एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको छ । युरोपा लिगका अन्य खेलहरुमा इटालीको ए।एस रोमाले युक्रेनको शख्तरलाई ३–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्विट्जरल्याण्डको योङ ब्वाइजलाई ३–० ले पाखा लगायो ।

यसैगरी स्पेनको भियारियालले युक्रेनको डाईनामो किभलाई २–० ले पराजित गर्दा स्पेनकै ग्रानाडाले स्विडेनको मोल्डेलाई २–० ले पाखा लगायो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *