(राप्रापा) ले गर्याे प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) ले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ।

पार्टीको विधानअनुसार अध्यक्ष त्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदेश १ मा अध्यक्ष रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ मा अध्यक्ष रामरायचन्द्र राय र महेशलाल महासेठलाई मनोनयन गरिएको छ। यस्तै‚ गण्डकी प्रदेशमा अध्यक्ष हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्का‚ लुम्बिनी प्रदेशमा अध्यक्ष प्रदीपकुमार उदय र उपाध्यक्ष कैलाश गुरुङलाई मनोनयन गरेको छ। कर्णाली प्रदेशमा अध्यक्ष दीपबहादुर शाही र उपाध्यक्षमा जनकसिंह ठकुरी रहनुभएको छ ।