राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र नियुक्त,ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्र नियुक्त हुनुभएको छ
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
राष्ट्र बैङ्कका निवर्तमान डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल एक साताअघि सकिएको थियो । डेपुटी गभर्नरमा नियुक्त हुनुभएका ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ ।

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरको कार्यकाल पाँच वर्ष रहेको हुन्छ