एसइई परीक्षाकाे तालिका सार्बजनिक

विसं २०७७ को कक्षा १० को एसइई परिक्षा २०७८ जेठ १३ गते देखि सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बसेको बैठकले एसइई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्यसैअनुसार परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका समेत सार्बजनिक गरेको छ।

गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ ।यस्तैबोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ।