भारतको तमिलनाडु राज्यमा चुनाव जित्न ग्यास सिलिण्डर र १५ सय रुपैयाँ बाँडिने प्रलोभन देखाइएको छ।
राज्यको सत्तारुढ दद एआइएडीएमकेका सह–संयोजक तथा मुख्यमन्त्री एडापड्डी के। पलानीस्वामीले हरेक परिवारलाई एक वर्षमा ६ वटा ग्यास सिलिन्डर र परिवारकी महिला प्रमुखलाई १५ सय रुपैयाँ दिने बताएका हुन्।
सो पार्टीले चुनावका लागि १० दिनदेखि घोषणापत्र लेखिरहेको बीबीसी हिन्दीमा खबर छ। तर, लेख्दै गरेको घोषणापत्र सार्वजनिक भएपछि सत्ताधारी पार्टी तनावमा परेको छ।