वर्षाको फिल्मको नाम फेरियो

काठमाडौँ – फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायाँकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ।
राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ ।

सस्पेन्स थ्रीलर बिषयमा निर्माण हुन लागेको फिल्म विना कार्कीको लगानीमा बन्न लागेको हो । फिल्मको छायाँकन धरानमा हुने बताइएको छ ।
फिल्म छायांकन सुरु हुनै लाग्दा अभिनेत्री बर्षा भने अहिले दुबई पुगेकी छन् । उनी ब्यवसायको सिलसिलामा त्यहाँ पुगेकी हुन् । पछिल्लो समय कस्मेटिक ब्यवसाय सुरु गरेकी बर्षाले केही अगाडि फिल्म ‘सुदूर’ समेत छाडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *