सुर्खेत – सुर्खेतमा नयाँ आएका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मालपोत कार्यालयको अनियमितता र दलाली रोक्ने बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरु संगको छलफल तथा परिचयात्मक कार्यक्रममा कुरा राख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुर्खेतका कार्यालयहरुमा हुने गरेका अनियमितता र ढिला सुस्ती रोक्ने बताएका हुन् ।
बिकास निमार्णाको काममा अनियमिता गर्ने जोकोहिलाई सजाए दिन तयार रहेको जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । बिकासका काम गर्दा आश्यक मापदण्ड नपुगाई काम गरि रहेका निमार्ण व्यवसाहि र त्यस सँग सम्बन्धीत जोकोहिलाई कार्यवाहि गर्ने उनको भनाई छ ।
बिभिन्न बिकासका काम गर्दा सामान्य पोष्टहरु नराखेरै मनोमानित काम गर्न नपाईने उनले बताए । सुरक्षाको हकमा पनि बिगतको भन्दा मैत्रीपुर्ण ढंगबाट आमनारिकलाई सुरक्षा प्रर्दान गर्ने अधिकारी रिजालले बताए । सडकमा बिनालाईसेन्स र बिना बिलबुक सवारी साधान चलाउने सड्क दुर्घना बढ्ने खालका गतिबिधिलाई कम गर्न सम्बन्धीत निकायसँग सहकार्य र सहमति गरेर आमनागरिकलाई सुबिधा हुने खालको वातावरण सिर्जना गर्ने उनको भनाई छ ।
चोरि,तस्करी,लुटपाट, लागुऔषध कारोवार जस्ता गतिबिधि रोक्नका लागी सुरक्षा कडाईका साथ परिचालन गर्ने उनले बताए । सरसफाई र अनुगमनका लागी स्थानिय सरकारसँग सहकार्य गरेर जनका हितका लागी बिभिन्न किसिमका छट्के अनुगम जस्ता चरण बद्ध अनुगमन सञ्चान गर्ने उनको भनाई छ । – hostkhabar