सर्वोच्चको फैसलाबारे प्रचण्ड–माधवले कानुन व्यवसायीसँग परामर्श गर्ने

 काठमाडौं – सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा प्रचण्ड–माधव समूहले कानुन व्यवसायीसँग छलफल गर्ने भएका छन् ।

नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला आएपछि प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफू निकटका कानुन व्यवसायीसँग परामर्श लिन लागेका हुन् । – अनलाइनखबर ।