थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं—नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा४ हजार १ सय ११ जनाको पीसीआर परीक्षण भएकोमा थप ६६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ । कोरोनामुक्त हुने दर ९८. ६ प्रतिशत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *