कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही अस्पताल भर्ना

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापबाट पीडित मुख्यमन्त्री शाही शनिबार अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि मुख्यमन्त्री शाहीको काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

 

शाहीको अहिले स्वास्थ्यमा सुधार आएको सचिव आचार्यले बताए । ‘मुख्यमन्त्रीको पुरानै समस्या हो । अहिले सुधार आइसकेको छ’, आचार्यले भने, ‘सायद आजै डिस्चार्ज हुनुहुन्छ ।’ नेकपा प्रचण्ड–नेपाल समुहका मुख्यमन्त्री शाही पार्टी बैठकको सिलसिलामा काठमाडौं पुगेका थिए ।