रजिस्ट्रार र डीनमा दरखास्त आह्‍वान

सुर्खेत — मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतले  रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको छ । पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै खुला विज्ञापन गरेकाे विश्वविद्यालयले जनाएको छ ।

सोमबार प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यत प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि पनि आवेदनसँगै भिजन पेपर पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे ।