कृष्ण केसीको ‘फूल राम्रो’मा आकाश श्रेष्ठ


काठमाडौं – गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ।

गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ।