सुर्खेत – २३ फागुन देखि सुर्खेतमा समुदाय स्तरमा कोरोना विरुद्धको खोप लगाइने भएको छ । सुरुवातमा ६५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारि दिएको छ ।
२३ देखि २५ गतेसम्म पहिलो चरणमा वीरेन्द्रनगर, लेकवेशी र भेरीगंगा नगरपालिका, बराहताल र चिंगाड गाउँपालिकामा खोप लगाइने र त्यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २६ देखि २८ गतेसम्म गुर्भाकोट, पन्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकाका स्थानीयलाई खोप लगाइने वरिष्ट जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिनुभएको छ।
दोस्रो चरण अन्र्तगत सुर्खेतमा २४ हजार नौ सय ७६ जनालाई खोप लगाइनेछ , खोप लगाउन दुई सय ५६ जना स्वास्थ्यकर्मी, छ सय जना भन्दा बढी स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना वाग्लेको भनाइ छ
‘उहाँका अनुसार पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाइने छ यस्तै खोप कार्यक्रमको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिएको उहाँले बताउनु भयो
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार माघ १४ यता हालसम्म सात हजार चार सय ७५ जनाले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ
वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म दुई हजार तीन सय ४० र फागुन २ देखि १० गतेसम्म पाँच हजार एक सय ३५ जनाले खोप लगाएका छन् ।
दोश्रो डोज बैसाख पहिलो सातादेखि १५ गतेसम्म लगाईने वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले जानकारी दिनुभएको छ