सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी-सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको पुर्नवास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको पर्शुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।