अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको सवारी दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ।

ट्र्याक्टर र ट्रेलर आपसमा ठोक्किँदा मेक्सिको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा दुर्घटना भएको हो। उनीहरुमध्ये १० जना मेक्सिकन नागरिक नै थिए।

दुर्घटनामा मानव तस्करी पनि थियो कि भनेर अमेरिकी अध्यागमन र भन्सार कार्यालयले अनुसन्धान गरिरहेका छन्। यस क्षेत्रबाट यसअघि मानव तस्करहरु पनि सक्रिय हुने भएकाले घटनाबारे गहन अनुसन्धानको अपेक्षा गरिएको छ। ६८ वर्षीय चालक भने दुर्घटनामा घाइते भइ अस्पताल भर्ना भएका छन् ।