देशभरका अदालत आज बन्द हुने

देशभरका अदालत आज बन्द हुने भएका छन्। ​

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको हो।

यही फागुन १८ गते साँझ पूर्वप्रधानन्यायाधीश सिंहको निधन भएको थियो।

बि स १९८८ साल फागुन ३ गते सर्लाही जिल्लामा जन्मनु भएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश नियुक्त भइ २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्र्नुभएको थियो ।