प्रचण्ड नेपाल समुहको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्दै

नेकपाको प्रचण्ड नेपाल समुहको केन्द्रीय कमिटी बैठक आज दिउँसो पेरिसडाँडामा १ बजे बस्दैछ।

फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने भएको हो।

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने पनि बताउँदै आएको छ।

तर प्रधानमन्त्री ओलीले भने विभिन्न सभाहरूमा पुगेर आँफुमाथि अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *