काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वदेश फर्किएका छन् । उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी उपचारपछि स्वदेश फर्किएका हुन् ।
न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत पुगेका थिए । ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।