इजरायलमा कोरोनाको कारण गर्भमा रहेको शिशुको मृत्यु

 इजरायलमा एक महिलाको गर्भमा रहेको शिशुको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यहाँको एक अस्पताल अनुसार कोरोना पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको गर्वमा रहेको शिशुको मृत्यु भएको हो।

चिकित्सकहरुले कोरोना संक्रमण कै कारण शिशुको मृत्यु भएको पुष्टि गरेका छन्। सो महिलाको पेटमा ३६ हप्ताको शिशु थियो। गर्भवती महिलालाई कोरोना देखिएपछि इजरायलको मीर मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। उनलाई कोरोनाको लक्षण देखिनुको साथै दुई दिन देखि ज्वरो पनि आएको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सो घटना दुर्लभ घटना भएको बताएको छ। -एजेन्सी