धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बराबरको रकम अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रकम बरामद गरेको छ ।
टोलीले रकमसहित सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत गाडीबाट हाम फालेर फरार भएको अख्तियार स्रोतले जनाएको छ
गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानि दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ ।
अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले अध्यक्ष लाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको ३ घण्टाको छानविनपछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो ।
अध्यक्ष भने गाडीबाट फरार भएका थिए । अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले गाउँपालिका अध्यक्षको गाडीबाट रकम बरामद भएको र उक्त रकम कति हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।