भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको जनाएका छन्। ट्वीट गर्दै उनले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रशंसा गरेका छन्।

मोदीले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपिल पनि गरेका छन्।