प्रधानमन्त्री ओलीले गरेँ १५ दिनमा ३५ शिलान्यास

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दावी गरेका छन् । सोमबार पोखरामा आफूपक्षीय गण्डकी प्रदेशस्तरीय नेकपा भेलालाई सम्बोधन गर्दै ओलीले आफूले हिजोमात्रै ३१ वटा पुल शिलान्यास गरेको ओलीले बताए । देशबाट गरीबी, पछ्यौटेपन र भ्रष्टाचार हटाउँदै देशमा विकास र समृद्धि लहर ल्याउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उनले योजनाबद्ध विकासका लागि सरकार लागिपरेको पनि बताए । ‘पहिले पहिले १ वर्षमा १० किलोमिटर मात्रै बाटो बन्थ्यो, अहिले एक दिनमा ५.७ किलोमिटरका दरले कालोपत्रे बाटो बनिरहेको छ । यो कति गुना हुन्छ तपाईँहरु बिचार गर्न सक्नुहुन्छ’, ओलीले भने, ‘डबल लेन, फोर लेन र सिक्स लेनका बाटाहरु बनिरहेका छन् । हिजोका मात्रै मेरो कार्यतालिका हेर्नुस्, ५ वटा निर्माण सम्पन्न भइसकेका लामा लामा पुल उद्घाटन गरेँ एउटा जिल्लामा मात्रै, त्यो पनि एक निर्वाचन क्षेत्रमा अन्ततः जानै भ्याएको छैन । ३१ वटा पुल हिजोमात्रै शिलान्यास गरेँ ।’

उनले यो त उदाहरण मात्रै भएको भन्दै ३ वर्षका बीचमा कति विकास भए भन्नेबारे जनताले आफै मूल्यांकन गर्न सक्ने बताए । कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागिपरेको पनि ओलीले बताए ।