देशभर थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ४४ वटा गरिएको पिसिआर परीक्षणमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ८४ रहेको छ। पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार२  सय ७७  जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २  रहेको छ  । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या २ हजार ७ सय ७१ रहेको छ । हाल क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *